पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी धनाको मृत्युु

पाेखरा | बैशाख २९, २०८०

पोखरामा क्रेनको ठक्करबाट लाहाचोककी धनाको मृत्युु

पोखरा:   पोखरा महानगरपालिका ५ पर्स्याङमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

 

क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।

 

अधिकारीलाई  हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । 

 

धनाको आफन्तका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो । 

 

त्यसपश्चात अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । हाल पोष्टमार्टकै लागि मृतक अधिकारीको शव अस्पतालमै राखिएको छ ।
 

पीडित परिवारको माग सम्बोधन हुन नसक्दा अधिकारी परिवारले धनाको शव बुझ्न मानेका छैनन् ।

 

मृतक परिवार पक्ष र क्रेन सञ्चालकबीच द्विपक्षीय वार्ता भइरहदा प्रहरीले सञ्चालकलाई विना निष्कर्ष लैजान खोजेपछि झडपको अवस्था सिर्जना भएको थियो । 

 

हाल विभिन्न मागसहित द्विपक्षीय वार्ता चलिरहेको बताइएको छ ।

 

 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्